बलेफी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक, लागि ५४ करोड ३० लाख बजेट विनियोजन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक। बलेफी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

आइतबार १५ औँ गाउँ सभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष सरु लामाले आर्थिक वर्ष २०८१/८२ को लागि ५४ करोड ३० लाख ७५ हजार बराबरको बजेट विनियोजन गरेकी छन् । जसमा सङ्घीय सरकारबाट प्राप्त अनुदान ३४ करोड १८ लाख ३६ हजार, बागमती प्रदेश सरकारबाट अनुदान ६ करोड ४० लाख ४८ हजार, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम ९ करोड ९९ लाख ९६ हजार, आन्तरिक आय अनुमान ९८ लाख ९६ हजार र बैङ्क मौज्दात २ करोड ७४ लाख १ हजार पेस गरिएको छ।

आर्थिक वर्षमा चालू तर्फ ३२ करोड ७२ लाख २९ हजार र पुँजीगत तर्फ २१ करोड ५८ लाख ४६ हजार अनुमान गरिएको छ।

सभामा गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ ‘प्रवेश’ ले नीति तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, बलेफी गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजना र नेपाल सरकार र बागमती प्रदेशको आ।व। २०८१/८२ मा लिएका नीति तथा कार्यक्रमलाई आधार मानेर बनाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया