साउदीको रियादमा मनाए दशै

सैलुङअनलाइन संवाददाता
0 Shares
रियाद, साउदी

कास्की समाज साउदी अरबद्वारा बडा दशैसँगै दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेको छ ।

समाजले अक्टोबर ११ तारिख शुक्रबार रियादस्थित एक्जिट १८मा बडा दशैका टीका ग्रहणसँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा खगेन्द्र अधिकारी र मनि गुरुङले दशैका टीका र जमरा लगाई दिएका थिए ।

समारोहमा जन सम्पर्क समितिका सभापति दीपक रेग्मी, पारिवारिक समाजका महासचिव अरुण बेलवासे, नेपाली श्रमिक परिवारका अध्यक्ष रुपक वाईबा तामाङ, दलित एकता सञ्जाल रियादका अध्यक्ष देवेन्द्र विश्वकर्मा, सगरमाथा कार्गोका प्रोप्राइटर पर्शुराम मिश्र, प्रवासी एकता मञ्चका शिवराज जैशी, साझा मञ्च साउदीका संयोजक बिष्णु घिमिरे, स्याङ्जा समाजका अध्यक्ष पारस काफ्ले, लाल ईन्टरटेन्ट्मेण्टका प्रबन्धक लाल बहादुर शिर्पाली, अनटाईम टीभीका रिपोर्टर खगेन्द्र बराल, पारिवारिक समाजका कोषाध्यक्ष मदन ओडरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष अमर सापकोटा सभापतिरहेका कार्यक्रमलाई महासचिव मनिष थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा कलाकारहरू विज्ञान राई, राज यात्री लगायतले बेजोड प्रस्तुति राखेका थिए ।

रोजगारी लागि साउदी आएका नेपालीहरुले ४ अक्टोबरदेखि मनाउन सुरु गरेका दशै ११ अक्टोबर शुक्रबारबाट विधिवत रुपले बिदाइ गरेका छन् । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएका साउदी सरकारले पर्यटन क्षेत्रलाई लक्षित गरेर पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरू अपनाउन थालेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका