कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका स्थित एक भेडा गोठ नजिक परेको चटयाङले ३२ वटा भेडाको मृत्यु भएको छ ।
मङ्गलबार राती करिब ९ बजेको समयमा गोठको पश्चिम भागमा परेको चट्याङले उक्त क्षेत्र वरिपरि बास बसेका ३२ भेडाको मृत्यु भएको हो ।
लीलबाहदुर क्षेत्री बीगत ७ बर्ष देखि वडा नं २ स्थीत च्याङ्लुङ गाउदेखि करिब तीन हजार मीटरको उचाईमा भेडा पाल्दै आएका छन् ।
संचालक क्षेत्रीका अनुसार लगभग ८ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनि बैदेशीक रोजगारबाट फर्किएर पशुपालन व्यवसायमा लागेका थिए । उनले भने, `म मेरै देशमा केही गर्ने सोचले यो पेशा अपनाएको हुँ । तर कहिले राज्यले त कहिले प्रकृति प्रकोपले दुख दिँदा निराश हुन्छु ।´
उनले सम्बन्धित निकायमा राहतको लागी कागजात पेस गरेकोसमेत बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1