निर्मला कुर्मीको न्यायका लागि बसेको टोली सरकारसँग सहमतिपछि घर फर्कियो

काठमाडौँ 

अधिकारकर्मी रवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ  ।बाँकेमा भएको निर्मला कुर्मी र सुमदरानी थारु मृत्यु घटनाका सम्बन्धमा विभिन्न माग राखी उनीसहित १६ जना माइतीघर मण्डलामा अनशन बसिरहेका थिए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा असोज १० गते अनसनरत टोलीसँग वार्तापछि सरकारसँग पाँचबुँदे सहमति भएको थियो ।सहमतिपछि खानको टोली आज गृह जिल्ला बाँके फर्किएको छ ।

टोलीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा प्राथमिकताका साथ अनुसन्धान पार्नुपर्ने, यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनका सिफारिस यथाशीघ्र निरुपण गर्नुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लिखित निर्देशन पत्र पठाउनुपनलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

“सरकारसँग विभिन्न मागसहित चौथो पटक वार्ता र सहमति भयो तर तेस्रो पटकको सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन”, महिला अधिकार मञ्चकी अध्यक्षसमेत रहेकी खानले भने, “अबको सहमतिपछि सरकारले न्याय दिन्छ भन्ने पूर्ण विश्वासका साथ घर फर्किएका छौँ, अब फेरि आन्दोलन गर्नुपर्दैन होला भन्ने हाम्रो विश्वास छ ।”

तपाईको प्रतिक्रिया