वैकल्पिक सडक अनुगमन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
भक्तपुर

मध्यपुरथिमि अस्पतालबाट खरिबोट हूँदै सूर्यविनायक नगरपालिका- ५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो ।

सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उहाँसहितको टोलीले अनुगमनसमेत गरेको थियो । सङ्घीय सरकारको १ करोड रुपैयाँ र उपत्यका विकास प्राधिकरणको ५७ लाख रुपैयाँ गरी कूल १ करोड ५७ लाख रुपैयाँ को लागतमा उक्त सडक निर्माण गरिएको सांसद बस्नेतले जानकारी दिए ।

सडकको दायाँबायाँ फुटपाथसहितको ११ मिटर चौडाइ तथा करीब ४०० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणसँगै अब मध्यपुरथिमि शङ्खधरचोकबाट दधिकोट जान सहज भएको छ । थिम-शङ्खधर चोकबाट दधिकोट जाँदा हरेक दिन सवारी साधान जाम हुने र केही महीनाअघि नयाँ पुल निर्माण गर्ने क्रममा अवरुद्ध सडकले यहाँका बासिन्दाले सास्ती पाए पनि अब भने यो वैकल्पिक सडकका कारण यात्रामा सहज भएको छ ।

मध्यपुर अस्पताल हुँदै दधिकोट हर्षचोक जोडिने उक्त सडकले थिमिबाट दधिकोट जाने दूरीसमेत घटाएको छ । दशैँमा समेत ठेकेदारलाई काम गर्न लगाएर समयमै यो सडक निर्माण गरिएको र अब दुबैतर्फको फुटपाथ पनि अब छिट्टै निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताइएको थियो ।

आइतबार उक्त सडक कालोपत्र भएसँगै त्यसको गुणस्तरसमेत परीक्षण गरी सांसद बस्नेतको नेतृत्वमा नेकपा जिल्ला अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीसमेतको टोलीले सो सडक अनुगमन गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका