रसुवा महिला उद्यमी महासङ्घको अध्यक्षमा ज्ञानु तामाङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
रसुवा

रसुवामा महिला उद्यमी महासङ्घको जिल्ला शाखा गठन गरिएको छ । उक्त नवगठित शाखाको अध्यक्ष मा ज्ञानु तामाङ चयन भएकी छन् ।

रसुवा जिल्लामा पनि महिलाहरूको सीप र कामलाई सम्मान र प्रोत्साहन गराउने उद्देश्यले स्थापना गरिएको महासङ्घको प्रथम उपाध्यक्षमा रितुपेमा तामाङ,द्वितीय उपाध्यक्षमा सेतीमाया तामाङ,महासचिव मा शोभा पोख्रेल,सचिवमा लक्ष्मी व्लोन, कोषाध्यक्षमा धनकुमारी तामाङ,सदस्य हरूमा सुमित्रा अधिकारी,डोल्मा याङजेन तामाङ,याङजेन घले,याङजेन तामाङ,मिना तामाङ रहेका छन् ।

पाकिस्तानी दूतावासको सहयोगमा रसुवामा ६७ अ‍ौ शाखा विस्तार गरिएको हो । महिला उद्यमी महासङ्घ नेपालले २० वर्षदेखि महिलाहरूलाई सफल उद्यमी बनाउनुपर्छ भनेर लागि परिरहेको छ ।

आफ्नो २० अ‍ौ स्थापना को अवसरमा ७७ जिल्लामा मध्ये ६७ वटा मा शाखा विस्तार भइसकेको महासङ्घले जनाएको छ । असार १० गते शाखा विस्तार गरिएको हो ।

तपाईको प्रतिक्रिया