बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
4.2k Shares
काठमाडौं

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् ।

गीतमा प्रयोग भएका शब्दहरूले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएका छन् । प्रल्हाद तिमल्सिनाको स्वरबद्व गीतको भावमा आकाशको जूनसँगै आफ्नो प्रेमीलाई तुलना गरेका छन् । गीतमा भनिएको छ,‘फुलहरूको सुन्दर फूल, गुलाबसँग तुलना गर्दै प्रेमीलाई प्रसङ्ग गरिएको छ ।’

सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।

भिडियोमा ऋचा थापा तथा प्रभात ठकुरीले फिचरिङ गरिएको छ ।

उत्सव दाहालद्वारा छायाङ्कन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

 

तपाईको प्रतिक्रिया