‘मेरी आमा’ को भिडियो सार्वजनिक

मनु ठकुरी संवाददाता
616 Shares
काठमाडौं

छेवाङ लामा र नन्दनी क्षेत्रीको स्वर रहेको ‘मेरी आमा’ लोकदोहोरी गीत हालै सार्वजनिक भएको छ ।

करन तामाङ ग्लानको शब्दमा रहेको सो गीतको सङ्गीत रेशमकुमार स्याउली तामाङ र सङ्गीत संयोजन दीपक बिसीको रहेको छ ।

स्याउलीद्वारा निर्देशित भिडियोमा छेवाङ लामा, सरु भारती, सुदिप घले र रेशमकुमार स्याउली तामाङले अभिनय गरेका छन् ।

करन तामाङ ग्लानद्धारा सह निर्देशन गरिएको भिडियोको छायाङ्कन सन्चु थोकरले गरेका हुन् ।

स्याउलीले आमालाई समर्पित गरेर लेखिएको गीतमा आमा र छोराको सम्बन्ध भाव प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया