नवौँ गैरआवासीय नेपाली (एनआरएनए) विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजित सम्मेलनको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएका महाधिवेशनले आगामी २०१९-२०२१ को लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ ।
कूल ४२ पदका लागि बुधबार दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।
सम्मेलनमा ८१ मुलुकका करीब २ हजार ५ सयले भाग लिएका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1