हिमालमा डोरी टाँग्ने आरोही टिमलाई सम्मान

काठमाडौँ 

हिमालमा आरोहण गर्नका लागि डोरी टांग्ने (रोप फिक्सिङ) टोलीलाई आरोहण सञ्चालक संघ नेपालले सम्मान प्रदान गरेको छ । आरोहण सञ्चालक संघ नेपालले काठमाडौंको मनास्लु होटलमा एक कार्यक्रम गरी सगरमाथा र माउन्ट ल्होत्से  हिमालमा डोरी टांग्ने आरोही टिमलाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङमार्फत प्रशंसा प्रमाण-पत्र  दिइ  सम्मान गरिएको  हो  ।

सगरमाथाको  क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मको “रोप फिक्सिङ’”टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमलाइ सम्मान गरेको हो। पर्यटन मन्त्री हितब‌हादुर तामाङले पर्वतारोहणका लागिरोप फिक्सिङ टोलीले गरेको  योगदान निकै सहारिनय भएको  बताए । पर्यटनका दृष्टिले हिमाल नेपालका लागि वरदान हो र यो पर्वतारोहण सहासिक भएकाले  विदेशी मुद्रा आयआर्जनको मुख्य स्रोत हो।पर्वतारोहण र डोरी टांग्ने (रोप फिक्सिङ) कामका लागि  सिप र कला चाहिने भएकाले हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी र विशेष शेर्पा जातिको बढी लगाव रहिआएको छ ।

विश्व तापक्रमका कारण हिमताल फुटने,  हिमाल पग्लिने चुनौति  बढेकाले हिमाली बसोबास जोगाउन लागि पर्न आग्रह गरे । यसका साथै समाजिक संजालले तिब्र रुपमा दुरुपयोग बढेकाले हिमालका बारेमा सजक रहनुपर्ने सुझाब दिए  । कसैले पनि हिमाल र पर्वतारोहणका बारेमा गलत सुचना प्रवाह गरे कडा कारबाही गरिने उनले बताए ।

वसन्त ऋतु २०२४ मा ८,५१६० मिटर अग्लो ल्होत्से हिमाल आरोहणको तागि बाटो खोल्ने तथा डोरी टाग्ने टोलीहरु देन्डी शेर्पा, नामगेल दोर्जी तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पम दर्जी शेर्पा, टासी शेर्पा रहेका छन् ।

वसन्त ऋतु २०२४ मा ८८४८.८४ इंटर अग्लो सगरमाथा हिमाल आरोहणको लागि बाटो खोल्ने तथा डोरी टाग्ने टोलीहरु देन्डी शेर्पा, नरंगेल दोर्जी तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, सुकु बहादुर तामाङ, लक्पा रिन्जी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पाम दोर्जी शेर्पा, दावा रिन्जी शेर्पा, लाक्पा थिन्दुक शेर्पा रहेका छन् । ।

त्यस्तै, चोयु हिमाल नेपालतर्फबाट सात जनाको टोलीले यही जुनको ७ तारिखका दिन नयाँ रुट बनाउँदै पहिलो पटक सफल आरोहण गरेका टोलीलाई संघ नेपालले प्रशंसा प्रमाण-पत्र प्रदान गरेको हो  । आरोहण टोलीमा  गेल्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, छान्वा शेर्पा, लक्पा तेम्बा शेर्पा, लाक्पा तेन्जी शेर्पा, ङ्गिमा ओङ्डा शेर्पा रहेका छन् ।

उक्त सगरमाथा र माउन्ट ल्होत्से वसन्त २०२४ को रोप फिक्सिङको लागि सेभेन समिट ट्रेक्स कम्पनीलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका