कीर्तिमानी फुञ्जो लामासहित तीन जनालाई सम्मान

काठमाडौँ 

विश्वको सर्वोच्च शिखर सगरमाथा १४ घण्टा ३१ मिनेटमा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामासहित तीन जनालाई आरोहण सञ्चालक संघ नेपालले प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संघले तीन जनालाई सम्मानित गरको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङको हातबाट प्रमाण–पत्र प्रदान गरे । दावा फिन्जोक शेर्पाले सगरमाथाको आठ दिन १३ घण्टा १९ मिनेटमा तीन पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

त्यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया