वडाध्यक्ष खुल्ला ब्याडमिन्टन कप सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
140 Shares
काठमाडौं

प्रथम वडा अध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

स्पोर्ट्स स्पेशल क्लबद्वारा आयोजना र काठमाडौँ महानगर वडा नं. ६ द्वारा प्रायोजित र तिनचुली ब्याडमिन्टन क्लबको सह आयोजना प्रतियोगितामा देशभरका ब्याडमिन्टन खेलाडीहरूले सहभागी जनाएका थिए ।

तिनचुली ब्याडमिन्टन क्लबको हलमा असार १३ गतेदेखि सुरु भएको प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । भने पुरुष ४५ वर्ष माथिका भेट्रानमा सहभागी थियो ।

प्रतियोगिताको फाइनलमा महिला डबलमा रोजी राई र सृष्टि राई प्रथम, अन्जना राई र नबिना राई द्वितीय, कला राई र टासी शेर्पा, रिहाना शेरचन र शेष्न सिरपाली तृतीय भएका छन् ।

यसै गरी मेन्स डबलमा निश्चल खत्री र प्रवीण लिङ्थेपको टिम प्रथम, सुनिल खत्री र महेश खड्काको टिम द्वितीय र कबिर केसी र सन्तोष पनेरु, बलराम क्षेत्री र विवेक न्यौपानेको टिम तृतीय भएका छन् ।

यस्तै भेट्रान डबलमा सञ्जय कपाली र अनिल थमसुहाङ प्रथम, देवबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठ द्वितीय र सनबहादुर सम्ब र लक्पा शेर्पा, डम्बर तामाङ र लोक तामाङको टिमले तृतीय स्थान प्राप्त गरेका छन् ।

समापन समारोहमा काठमाडौँ महानगर वडा नं. ६ का वडा सदस्य भगवान् थापाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएका थिए ।

यस्तै कार्यक्रममा गोकर्णेश्वर वडा नं ९ का वडा सदस्य कृष्ण कारजीत, रेफ्री सुमित शाक्य, ज्ञानबहादुर श्रेष्ठ, महेश्वर दाहाल, राजीव थापा, पेम्बा ठिले शेर्पा, कुवेर लिङधेप, आङकुसाङ शेर्पा लगायतका अतिथिहरूको उपस्थिति रहेका थिए ।

प्रतियोगिताको अफिसियल रेफ्रीहरु सुमित शाक्य, राजु देउजा, राजन श्रेष्ठ र कृतन खड्का रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका