बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा जर्सी सार्वजनिक

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
112 Shares
ललितपुर

बाग्मती प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ सङ्घको आयोजनामा बाग्मती प्रदेशको जर्सी सार्वजनिक भएको छ।

ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष सुमन कट्टेल, विकास लामा, सह(सचिव माइकल पर्जा, र कोषाध्यक्ष अनीश बानियाँको उपस्थितिमा खेलाडीहरूलाई जर्सी वितरण गरियो। अध्यक्ष श्रेष्ठले स्केटिङ र स्केटबोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

उपाध्यक्ष विकास लामाले स्केटिङ साहसिक खेल पर्यटनको प्रचुर सम्भावना भएको र यसलाई सरकारको थप हौसला र सहयोगबाट राष्ट्रिय स्तरमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विभिन्न कम्पनीहरूले प्रायोजक भएर स्केटिङ्ग तथा स्केटबोर्डिङ खेललाई विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

ह्वाइट रयाबिट स्टुडियोका सञ्चालक विवेक शर्माले यस खेललाई प्रोत्साहित गर्ने कुरा बताए । गाबहाल डेन्टल क्लिनिक, फ्यूचर फाउन्डेसन, क्लब डायनामिक, र रसुवा सनसाइन ग्रेस हाउसका सञ्चालकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी उपाध्यक्ष सुमन कट्टेलले गराए ।

तपाईको प्रतिक्रिया