नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
पत्रकार बोहरा मस्तिष्क घातका कारण गम्भीर बिरामी भई काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत छन् ।
बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गरी उनको उपचारमा सहयोगी हातको खाँचो रहेको उल्लेख गरेको छ । अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकलाई उजका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिन महासङ्घ केन्द्रीय समितिले सबैमा अपिल गरेको छ ।