पत्रकार महिलामाथि हिंसाका उजुरी सम्बोधन तत्काल: अध्यक्ष बस्नेत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौं

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियामा पत्रकार महिलामाथि हुने जुनसुकै हिंसाबारे परेको उजुरीलाई सम्बोधन गर्न काउन्सिल हरदम तयार रहेको बताएको छ ।

काठमाडौंमा आज काउन्सिल र सञ्चारीका समूहले गरेको ‘न्यु मिडिया र पत्रकार महिला स् युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’ विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न सुझाव दिएको थियो ।

पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्रै समाचार लेख्न पत्रकारलाई आग्रह गरिन । त्यस्तै, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकार गर्ने पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राखेकी थिइन्।

सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवाले पत्रकार महिलाले न्यु मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको सुनाए ।

सञ्चारीका समूहका पूर्वअध्यक्ष नितु पण्डितले न्यु मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनका अनुसार न्यु मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उनले म्याग संस्थानको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेको तथ्य खुलाइन् । इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यु मिडिया रहेको भए पनि पत्रकारिता मूल मर्म भुल्न नहुने बताइन् ।

पत्रकार दीपा रेग्मीले प्रस्तुतीकरणमाथि टिप्पणी गरिएको थियो । त्यस्तै, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, पत्रकार अनिता विन्दु, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नारी मासिकका सम्पादक उपासना घिमिरेले लगायतले न्यु मिडियाका चुनौतीमाथि सामूहिक छलफल गरिएको थियो । पत्रकार कृष्णा पौडेलले सहजीकरण गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया