बालुवाटारबाट बाहिरिए ओली

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका