प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने बताइएको छ ।
सचिवालयले दिएको जानकारी अनुसार कसैले हतार गर्दैमा सरकार बनिहाल्ने भन्ने हुँदैन सरकार बन्ने पनि प्रक्रिया होला। उहाँहरूको हतारो देख्दा हाँसो लागिरहेको छ । प्रधानमन्त्रीज्यूले पनि संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिन पाउनु हुन्छ ।
कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा राजीनामा दिनु जरुरी नरहेको सचिवालय सदस्यको भनाइ छ । उनले भने, ‘राजीनामा दिएर मार्ग प्रशस्त गर्नु भनेर केही साथीहरूले भनेको सुनेको छु। तर विधि प्रक्रिया र संविधान मिच्नु राम्रो कुरा हैन।’
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1