पर्यटकहरूको सहजताका लागि ३ भाषामा साईनवोर्ड

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
147 Shares
रसुवा

रसुवागढीस्थित अध्यागमन कार्यालयले पर्यटनहरूको सहजताका लागि ३ भाषामा साईनवोर्ड प्रयोगमा ल्याएको छ ।

नेपाली, चाइनिज र अङ्ग्रेजीमा साईनवोर्ड प्रयोगमा ल्याएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ ।

आध्यगमन कार्यालयका प्रमुख मुरारि निरौलाका अनुसार पर्यटकहरूलाई आवतजावतमा सहज र प्रभावकारी हुने देखेर तीन भाषामा साइनबोर्ड बनाएको बताए।

आर्थिक वर्ष साउनदेखि हालसम्म १ हजार ७२ जनाले मानसरोवर, २२ जनाले ल्हासा, ४० जनाले ल्हासा र कैलाश र ५ जनाले गन्जाउ लगायताका ठाउँहरू भ्रमणका लागि अनुमति लिएको अध्यागमन प्रमुख निरौलाले जानकारी दिए।

रसुवावासीका लागि चीनको केरुङसम्म काम गर्न जानको लागि स्थायी परिचयपत्र प्रदान गर्नुका साथै अध्यागमन कार्यालयले पर्यटनको रूपमा आवतजावत गर्नको राहदानी अभिलेख राख्ने समेत गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका