राजदूतद्वय दाहाल र शेर्पाबाट शपथ

0 Shares
काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्टे«लिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले मंगलबार आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँहरुले पद तथा गोपनीयताको शपथ लिएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका