बुटवलमा युएसएड यात्राको सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल

अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)को ‘युएसएड लर्निड फर डेभलपमेन्ट आउटरिच क्याम्पियन’को दोस्रो दिन बुटवलमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा कलाकारहरू कालिप्रसाद बाँस्कोटा, तुष्णा गुरुङ एण्ड कोल्याब, राजनराज शिवाकोटा, अफसर अली, सम्झना रणपाल तथा कुटुम्व ब्याण्डको प्रस्तुत भएको थियो ।

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन युसएडले शुक्रबारदेखि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ‘एसएड यात्रा’ सुरु गरेको हो ।

यात्रामा सांस्कृतिक कार्यक्रमका साथै चित्रकला, विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने जनाइएको छ । युसएडले नेपालमा गरिरहेको सहयोगबारे पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

युएसएडले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका २० भन्दा बढी परियोजना सञ्चालन गरिरहेको छ ।

संयुक्त राज्य अमेरिका र नेपालबीचको झण्डै आठ दशकदेखि दौत्य सम्बन्ध रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा बढी समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया