‘छ्योर्तेन राम्रो’को पोस्टर र टिजर सार्वजनिक, भिडियो चाँडै आउने 

दक्षिण कोरिया

मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ ।

मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो ।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो ।

मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु प¥यो भन्ने धेरै थियो । जस अनुसार दोस्रो कोसेली सबैले बुझ्ने सेलोमा ल्याउँदै रहेकाे बताए  । मोडल गौतमले भने, ‘कोरियामा कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयाेक गरेर आफ्नो गीतसंगीतसँग रमाउँदै र जहाँ भए पनि आफ्नै गीतसङ्गीत, भाषा, धर्म, संस्कृतिलाई अङ्गालेर संरक्षण, सम्बर्द्धनमा लागि रहेको छु ।’

गीतको भिडियोलाई दिपक थापाले छायाङ्कन र निर्देशन गरेको छ । अहिले पोस्ट प्रोडक्सनको काम लगभग सकिएको निर्देशक दिपक थापाले बताए । ‘थोरै काम मात्रै बाँकी छ, त्यो चाँडै सकिन्छ । यही शुक्रवार तिरै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको छ’ निर्देशक दिपकले भने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका