बढ्दो शहरीकरण र होहल्लाका कारण सुनसान ठाउँ सबैले मन पराउन थलेका छन् । त्यस्तै थकान मेटाउन, शान्त वातारणमा रमाउन सबैको चासो बढेको छ । यसैका लागि धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका– ५ परेवादिनका दुई युवाले आफ्नै गाउँमा कलात्मक ट्री हाउस संचालनमा ल्याएको छ ।
विभिन्न चराचुरुङ्गीको आवाजसँगै सुनसान र स्वच्छ वातारणमा रमाउनका लागि यो अति उपयुक्त हुने संचालकद्धय प्रेम लिम्बु र हेम लिम्बु बताउँछन् ।
गाउपालिकाको– ५ परेवादिन चुम्लुङ चोकमा निर्माण गरिएको ट्रि हाउस बडादशै नवमीको दिनदेखि सञ्चालनमा ल्याइएको हो ।
होटेल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने क्रमसँगै यहाँको वातारणमा रमाउन थालेको संचालक हेम लिम्बुले बताए ।
गाउँमा बसाइसराई न्यूनिकरण तथा गाउँमै रोजगारीको बाटो सिर्जना गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ट्रि हाउस संचालनमा ल्याएको अर्का संचालक प्रेम लिम्बु बताउँछन् ।
प्रेम लिम्बु गाउँमै सामुदायिक स्वास्थ्य केन्द्रमा विगद ३ वषैदेखि कार्यरत छन् । हेम लिम्बु खाडी मुलुक पुगेर फर्केका हुन् ।
‘गाउँमै गरे यही सुन फलाउन सकिन्छ’ भन्ने ढृद अठोटकासाथ यो व्यवसाय सुरु गरेको उनीहरुले बताए । संचालद्धय भन्छन्, ‘यहीको अर्गानिक खानपान, वातारणलाई समाल्दै यो व्यवसाय सुरु गरेको हो ।’
उनीहरुले साझेदारीमा गाउँमै पर्यटन विकास गर्ने उद्देश्यले आफनै घर छेउको जंगलमा रहेको वरको रुखमा ४ लाख भन्दा माथीको लगानीमा ट्रि हाउस निर्माण गरेको जानकारी दिए । आगामी दिनमा अझै यसलाई थप व्यवस्थित बनाउने योजना रहेको हाउसका सञ्चालकद्धय लिम्बुले बताए ।
ट्रि हाउसमा आउनेहरुले वरिपरिको हरियाली रमणीय वातावरणसँगै गाउँघरको दृश्य अवलोकनका साथमा विभिन्न चराचुरुङ्गीको मिठो आवाजसंगै अर्गानिक चिजहरुको स्वाद लिन सकिन्छ ।