रसुवाका सोनाम घले आफ्नो व्यापार सुरु गर्दा मेहनत र उद्यमशीलताको अत्यन्त महत्त्व दिएका थिए। उनले दिनदिनै उनको व्यवसायमा समय र श्रम लगाएर उत्पादन र सेवा गुणस्तरीय बनाउने कोसिस गरेका थिए।
धुन्चेमा बुवा सेते लामा घले र आमा नम्बर घले कोखबाट आज भन्दा ४५ वर्ष अगाडि जन्मेका सोनाम कुनै जमानामा फिल्म क्षेत्रमा सक्रिय थिए । धेरै वर्ष फिल्म क्षेत्रमा काम गरेका उनी स्वास्थ्यले साथ नदिएपछि आफ्नै व्यवसाय थालेका छन् ।
उनले भाइको घरमा `सोनाम घले चिया पसल´खोलेका छन् ।
सोनामले सधैँ आफ्ना ग्राहकहरूको प्रतिक्रिया महसुस गर्ने र उनीहरूको चाहना अनुसार सेवा प्रदान गर्ने गरेका छन् । उनी भन्छन्,`ग्राहकको सन्तुष्टि र प्रतिक्रियालाई मध्यनजर व्यवस्था र मितव्यय पुनः अद्यावधिक गर्छु ।´
उनी सुनाउँछन्, `घरबाट कामको सिलसिलामा काठमाडौँ पुगेका थिए । फिल्मको सुटिङ हेर्न जाँदा त्यही काम गर्न थाले ।´
बिरामी परेपछि गाउँ फर्केर विवाह गरे तर त्यो सम्बन्ध लामो समय टिकेन । पढाइ लेखाइ नभएका कारण राम्रो काम पाएनन्, उनी गुनासो गर्छन्, `पढेको भए अधिकृतस्तरसम्मकाे जागिर खान्थे होला । त्यो जमानामा भनसुनले जागिर मिल्थ्यो । तर अनपढका कारण यो अवस्थामा छु ।´
रोगी भएकै कारण श्रीमतीले छोडिन । आफन्तहरूले पनि टाढा राखे । उमेर र कमाएको बेला आफ्नो भए तर आज आफूलाई पर्दा कोही भएन ।
उनको व्यापार पनि एक प्रकारको रमाइलो व्यापार हुन गयो, उनी सुनाउन, सबैले राम्रो काम गरेको छ । सोनाम दाइ चिया खुवाउन भन्छन् एक दिन नदेखे तपाईँ नभएर चिया खान पाइएन, भन्छन् यसैमा खुसी छु । ´
सोनामले आफ्नो व्यापारको सफलतामा भरोसा र नियमित सम्झौताको महत्त्व दिएका थिए।
बिहान चिया,पाउरोटी र दिउँसो चना अण्डा बनाउने र बेलुका चिया बेचेर हिड्ने उनको दैनिकी नै बनेको छ । सानैमा आमा बितेपछि निराश भएर घर छोडेका उनी अहिले एक्लै भएपछि कसैको साहारा नपाएको उनले बताए । उनी भन्छन्, `काम ठुलो सानो हुँदैन । चोरेर ढाँटेर खानु हुँदैन । राम्रो काम त जे पनि हुन्छ । थोरै लगानी र आफूलाई खर्च धान्न सक्ने काम गरेको हु।´
सोनामले व्यावसायिक प्रवृत्तिमा अनुकूलन र नयाँ विचारका साथ सुधार गरेका हुन्। उनले उत्पादन र सेवाहरूमा नवीनीकरण गर्न गरेका हुन् ।