एसइई नतिजामा माछापुच्छ्रे अग्रस्थानमा

धनबहादुर तामाङ संवाददाता
203 Shares
कास्की,पोखरा

एसईइ २०८० को उत्कृष्ट नतिजा ल्याउनेमा माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङ्खोला कास्की परेको छ ।

एसइई २०८० मा माछापुछ्रेका ७९ विद्यार्थीले सहभागिता जनाएको थियो ।  माछापुछ्रेका ७५ विद्यार्थीले उत्तीर्ण गर्दै गर्दा ९४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भई अग्रस्थान परेको हो । कास्कीका ४ वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमध्ये ५० जनाभन्दा धेरै विद्यार्थी एसइईमा सहभागिता जनाउने विद्यालयमा माछापुच्छ्रे मात्रै थियो । यो विद्यालयमा नेपालका ३२ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । २४ प्रतिशत दलित तथा ५४ प्रतिशत जनजाति अध्ययन गर्ने उक्त विद्यालय जिल्लाका लागि मात्र नभई नेपालभरका विद्यालयहरूका लागि असल अभ्यास आदानप्रदानको उत्कृष्ट गन्तव्य बनेको छ ।

अहिलेको समयसम्म यस बिध्यालय भर्ना हुन कुनै प्रबेस परिक्षा दिनु भने पर्दैन। कास्की जिल्लाको उत्तीर्ण प्रतिशत भने ५५ प्रतिशत छ । गण्डकी प्रदेशमा ५८ प्रतिशत विद्यार्थी उत्तीर्णसँगै मुस्ताङ प्रथम, ५६ प्रतिशत उत्तीर्ण प्रतिशतसँगै लमजुङ दोस्रो र ५५ प्रतिशत उत्तीर्णसँगै कास्की तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया