रसुवागढी नाकावाट अमेरिकी डलरसहित एक नेपाली पक्राउ 

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
70 Shares
रसुवा

रसुवागढी नाकाबाट ३ हजार अमेरिकी डलर सहित एक नेपाली पक्राउ परेका छन ।पक्राउ पर्नेमा नुवाकोट जिल्ला ककनि गाउँपालिका वडा नम्बर २ पैरेबेसिका समीर सुनार रहेका छन ।

असार २१ गते गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेबाट रसुवागढि नाकातर्फ पैदल हिडिरहेकाे अवस्थामा चेकजाँच गर्दा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चाैकि रसुवागढि, सशस्त्र प्रहरि वल टिमुरे र भन्सार कार्यालयकाे संयुक्त चेकजाँच गर्ने क्रममा सुनारले खुट्टामा लगाएकाे कलेजि रङ्गको छालाभित्र लुकाई राखेकाे फेला परेकाे जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख केशव भट्टराईले जानकारि दिए ।

जुत्ताभित्र लुकाई राखेकाे अमेरिकन डलर एक सयकाे नाेट २ सय ९८ थान,५० काे ३ थान,१० काे १ थान,२० काे २ थान,गरि ३० लाख वरावरकाे रहेकाे र चाईनिज  युयान १ सय काे २७ थान,५० काे ४ थान,२० काे ५ थान,५ काे ६ थान,१० काे ४ थान,१ काे ३ थान गरि ३ हजार ७३ रकम सहित उक्त मानिसलाई नियन्त्रण मा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान हरिहर भवन पठाईएकाे प्रहरी प्रमुख भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका