साबिकको धुन्चे गाविस वडा नम्बर ४ हाल गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमलिका कृषकहरू वार्षिक लाख कमाउँछन् । उनीहरूले दूध र तरकारीको गाउँ भनेर छुट्टै पहिचान बनाएका छन् ।
भिमलिका कामी दोर्जे तामाङको ६ वटा भैँसी छन् । उनले दैनिक २२ माना दूध बेच्दछन् । मानाको ५० रुपैयाँमा सबै खर्च कटाएर वार्षिक १ लाख ८० हजार बचाउँछन् । दूधको अलावा सिजनमा तरकारीहरू पनि बेच्दछन् । उनको मुख्य पेसा कृषि हो । दुख अनुसार पैसा राम्रो हुने उनी बत्ताउँछन्।
अर्का कृषक खण्डलिङ दोर्जे तामाले दैनिक ९ लिटर दूध बेच्दछन् । दैनिक रूपमा उनले दूधको अलावा मासु समेत बेच्छन् । दुख अनुसार आम्दानी राम्रो छ, उनी भन्छन्, ‘बाउ बाजेले गरेको काम मैले पनि निरन्तरता दिएको छ ।’
अर्का कृषक श्रीलाल तामाङले पनि दैनिक ९ माना दूध बेच्ने गरेको बताउँछन् ।
भिमलि गाउँ नै भैँसी पाल्ने र तरकारी खेतीको लागि उपयुक्त ठाउँ भनेर परिचित छ । सिजनमा आलु निगुरोको व्यापारले भाग नै पुग्दैन । सबै गाउँलेहरूलाई सोध्दा एउटै जवाफ आउँछ । दुख त जहाँ गए पनि गर्न पर्छ । हामीले यही पशुपालन र कृषिबाट नै आम्दानी गर्छौ कहिलेकाहीँ त भाग पुग्दैन ।
अर्का बोकेझुण्डा निवासी विश्वकुमार घले बुवाको माछा पालन व्यवसायलाई निरन्तरता दिएका छन् । २० लाखको लगानीमा १० वटा पोखरी बनाएर ५० हजार माछा पालेका छन् । ‘दुई वर्ष भयो’, उनी भन्छन्, ‘अबको केही वर्षपछि राम्रो आम्दानी हुन्छ ।’
‘प्रायजसो यस भेगका मानिसहरूले कृषि पेशा अँगालेका छन् । य मानिसहरू घरको दैलोमा नै पुग्दछन् । आज छैन भनेमा गाली गरेर फर्कन्छन्’, तामाङले भने ।