हुण्डी कारोबारको १३ लाख बरामद

0 Shares
विराटनगर

विराटनगर महानगरपालिका- १५ भन्सार कार्यालयको २ नं. ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला परेको हो ।

यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका- ४ स्थित कञ्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने सुनसरीको बर्जु गाउँपालिका- ३ बस्ने २४ वर्षीय उमाकान्त रायले बोकेको झोला जाँच गर्दा १० लाख रुपैयाँसहित विभिन्न बैंकको चेकबुकसहित सोमबार साँझ पक्राउ गरेको छ । दुवै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका