उद्योगहरुलाई कालोसूचीमा राख्ने व्यवस्थाले व्यवसायीहरु मारमा अध्यक्ष ढकाल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
63 Shares
काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगहरुलाई कालोसू‌चीम राख्ने व्यवस्थाले व्यवसायीहरु मारमा परेको बताएका छन् । उनले मंगलबार आव २००८१/८२ को मौद्रिक निति सम्बन्धि कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले अहिले नेपालको कच्चापदार्थहरु पनि उत्साहजनक नभएको बताउदै हालको अवस्थामा उद्योग व्यवसायहरु सङ्कुचनमा परेको बताए । उनले आवको मौद्रिक निति उद्योग व्यवसायिहरुको क्षमता बढाउने खालको हुनुपर्ने माग गर्दै भने ।
, समस्या मौद्रिक नितिमा छ । आवको मौद्रिक नितिले उद्योगहरुको रिण तिर्न सक्ने क्षमतालाई सम्बोधन गर्ने, कर्जा सुलभ हुने, व्यवसायीहरुलाई उत्साहित बनाउने, बजारमा विभिन्न मागहरु सृजना गर्ने किसिमको हुनुपर्छ ।

घर जग्गा लगानीको कारोबारलाई चलायमान बनाउने प्रकृतिको नीति आवस्यक रहेको जनाउदै ढकालले उद्योग व्यवसायीहरुले रिण तिर्न नसक्नुको अर्थ सबै खराब नभई समय र परिस्थितिले गर्दा पनि व्यवसायीहरु रिणको फन्दामा परेको दाबी गरे।

त्यस्तै उनले बैंकहरुमा एनपिए बढ्दै गएकाले यो सङ्कुचनलाई व्यवस्थित गरि बैंकलाई बचाउनुपर्नेमा जोड दिए । बैंक, लघु र उद्योग एउटै डुङ्गामा छ । त्यसैले नितिगत क्षेत्रलाई बलियो बनाउदै कर्जा बिस्तार गर्ने मौद्रिक नीति ल्याउनुपर्छ, उनले भने ।

तपाईको प्रतिक्रिया