आ.ब २०८०/०८१ मा कोष तथा लेखा नियन्त्रक कार्यालय ( कोलेनिका) रसुवाले सङ्घ र प्रदेश गरी रु ३ अर्ब २६ करोड १८लाख ८१ हजार ८० रुपैयाँ रकम भुक्तानी गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ तथा नियमावली, २०७७ बमोजिम आर्थिक वर्ष समाप्त हुनु ७ दिन अगावै सम्पूर्ण सरकारी खाताहरू बन्द हुने व्यवस्था रहेको छ । कोलेनिका रसुवाले असार २४ गते मध्ये रातसम्ममा सं तर्फ कुल विनियोजित २ अर्ब ७० करोड ४२ लाख ४८ हजार ५ सय ४७ रुपैयाँ बजेटमध्ये चालू तर्फ २ अर्ब ४१ करोड ४२ लाख ४६ हजार ३ सय २१ रुपैयाँ र पुँजीगत तर्फ ४ करोड ७२ लाख ७० हजार ४ सय ४ रुपैयाँ भुक्तानी निकासा गरेको छ ।
यस्तै प्रदेश सरकार तर्फ कुल विनियोजित बजेट रु ५५ करोड ७६ लाख ३२ हजार ५ सय ३३ रुपैयाँ रहेकोमा चालूतर्फ २९ करोड ४५ लाख ८५ हजार ४४ रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ३५ लाख ६१ हजार ३ सय ८० रुपैयाँ भुक्तानी निकासा भएको प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।
वित्तीय हस्तान्तरण तर्फ भने सङ्घ र प्रदेश दुवै गरी कुल बजेट २ अर्ब १३ करोड १४ लाख १४ हजार ३ सय ९६ रुपैयाँ रहेकोमा कुल हस्तान्तरण १ अर्ब ९८ करोड ९९ लाख ४२ हजार ४ सय ३८ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक सुवेदीले बताए ।