दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका रासायनिक कारखानामा मंगलबार विस्फोट भएको छ । विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउण्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समय अनुसार मङ्गलबार बिहान १ बजे विस्फोट भएको थियो ।
यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक सामान्य घाइते भएका जनाइएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1