विपद न्युनिकरणका लागि अन्तर्र्रािष्ट्रय दिवसको अवसरमा असोज २६ गते सदरमुकमम धुन्चेमा पाँच वटा स्थानिय तहमा विपत जोखिम न्युनिकरण गर्न आठ वटा बुँदामा प्रतिबद्धता जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको सहयोगमा सवै स्थानीय तहका प्रत्येक वडामा पाँच।पाँच जनाको दरले तालिम प्राप्त खोज तथा उद्वारकर्ता जनशक्ति तयार गरेको छ । जोखिममा रहेका बस्तीहरूलाई स्थानान्तरण गरि सुरक्षित स्थानमा एकीकृत वस्ति निर्माण एवं विकास गर्न पहल गर्ने प्रतिबद्वता सहित जोखिम न्युनिकरण सम्वन्धि सचेतना मुलक कार्यक्रम गरिने रसुवाका प्रमुख जिल्ला जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
नेपाली सेना, शसश्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस सोसाईटी लगायत सरोकारवालाहरूको उपस्थितिमा आठ बुँदामा हस्तान्तरण भएको हो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1