पुरानो इन्जिनलाई नयाँ बनाउने प्रविधि : नानो सेरामिक कोटिङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
245 Shares
काठमाडौं

आजभोलि सवारीसाधन नहुने व्यक्ति कमै हुन्छन् । विशेषतः सहरमा बस्ने सहरियासँग कि त दुई पाङ्ग्रे कि त चार पाङ्ग्रे सवारीसाधन हुन्छ नै । सवारीसाधन भएपछि त्यसको नियमित सर्भिस तथा भइपरी आउने मर्मत सम्भार पनि गर्नै पर्‍यो । त्यसका अलावा पुरानो हुँदै गएपछि इन्जिन कै पनि मर्मत गर्नुपर्ने बाध्यता हुन्छ नै ।
इन्जिन नै मर्मत गर्नुपर्‍यो भने थुप्रो रकम खर्च हुन जान्छ ।

तर पुरानो भएको इन्जिनलाई नयाँ बनाउने सजिलो कोरियन प्रविधि नानो सेरामिक कोटिङ नेपालमा भित्रिसकेको छ । सवारी चालक वा सवारीधनीहरुले आजभोलि यसको व्यापक प्रयोग गर्न थालेका छन् ।

सवारीसाधन पुरानो हुँदै गएपछि धुवाँ फाल्ने, मोबिल खाने, पिक अप कमजोर हुने, माइलेज कम दिने जस्ता समस्या देखा पर्दछ । त्यो समस्या देखा पर्नु भनेको इन्जिनमा हुने रिङ पिस्टन तथा ब्लक बोर खिइनु हो ।
त्यसरी खिइँदा हुने ग्यापबाट मोबिल धुवाँको रूपमा बाहिर निस्कन्छ र सवारीसाधनमा उल्लेखित समस्याहरू सिर्जना हुन जान्छ ।

जसलाई निराकरण गर्नका लागि इन्जिन नै खोल्नुपर्ने हुन जान्छ । तर नानो इनर्जाइजरले इन्जिन नखोलीकन नै त्यस्तो खालको ग्यापलाई सेरामिक कोटिलिङको माध्यमबाट पुरिदिन्छ र समस्या समाधान गरिदिन्छ । नानो इनर्जाइजर एक किसिमको झोल पदार्थ हो । यो जब इन्जिन भित्र हालिन्छ, यसले ताप पाइसकेपछि ठोस रूपमा स्टिलको रूप लिन्छ ।

जुन इन्जिन भित्र खिइएर बनेको ग्यापमा गएर बस्छ । जसको कारणले इन्जिन नयाँ जस्तै हुन पुग्छ ।

अर्को कुरा, सवारी चालक वा सवारी धनीहरु प्रायः व्यस्त हुन्छन् इन्जिन खोलेर बनाउँदा केही दिन सवारीसाधन वर्कसप मै छोड्नुपर्ने हुन सक्छ ।

तर नानो इनर्जाइजर हाल्नको लागि ५ मिनेट पनि लाग्दैन, नानो हाल्ने बित्तिकै सवारीसाधन कुदाउन मिल्छ, इन्जिन खोल्न पनि पर्दैन ।

इन्जिनको क्याप खोलेर त्यसै मार्फत सिधै मोबिल हाल्ने ठाउँ मै खन्याउने हो ।

यसको एक पटकको प्रयोगले सवारीसाधनलाई करिब २० हजार देखि ३० हजार किलोमिटरसम्म काम गर्दछ ।

ट्याक्सी नं. बा १ ञ १००९ का सवारीधनी हरिबहादुर अधिकारीले यसको प्रयोग चौथो पटक गरेका छन् ।

आफ्नो ट्याक्सीको इन्जिनमा समस्या आएपछि मर्मतका लागि तयार भए पनि नानो इनर्जाइजर हालेपछि इन्जिन ठिक भएको उनले बताए ।

ललितपुरका राजन श्रेष्ठले आफ्नो पुरानो पल्सर मोटरसाइकलमा नानोको प्रयोग गरेका छन् ।

उनको भनाइ अनुसार नानोको प्रयोग गरेपछि इन्जिन सम्बन्धी समस्या समाधान भएको छ । उनले भने,‘अहिले मेरो मोटरसाइकलले राम्रो पिक अप दिनुका साथै माइलेजमा पनि वृद्धि भएको छ ।’

समस्या भएका पुराना सवारीसाधन मात्रै नभएर नयाँ सवारीसाधनमा प्रयोग गर्दा पनि नानो इनर्जाइजरले राम्रै फाइदा दिने गर्दछ ।

नानो इनर्जाइजर प्रयोग गरेपछि सवारीसाधनले करिब ८ देखि २१ प्रतिसतसम्म इन्धनको बचत गर्छ । त्यसैगरी सवारीसाधनको पावरमा १० देखि ३० प्रतिसतसम्म वृद्धि गर्दछ ।

यसको प्रयोगले सवारीसाधनमा आउने भाइब्रेसनमा पनि कमी ल्याउँदछ भने इन्जिन अधिक तात्नमा पनि कमी आउँछ । सवारीसाधन चलाउँदा एकदम स्मुथसँग चल्छ । नानो इनर्जाइजरलाई विश्वका ख्यातिप्राप्त कार कम्पनीहरूले सर्टिफाइड नै गरेका छन् ।

टोयोटा, होण्डा, मर्सिडिज बेन्ज, किया, अउडि, ह्युन्डाई, मारुतीसुजुकी लगायतका चर्चित ब्रान्डहरूले नानो इनर्जाइजरलाई आ(आफ्नो सवारीसाधनमा टेस्ट गरेर प्रमाणित प्रडक्टको रूपमा भेरिफाइड गरिसकेको हुनाले पनि बजारमा यसको माग बढेको छ ।

तपाईको प्रतिक्रिया