गौतम गोले र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको सेलो म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिवार गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो…’ बोलको भिडियो सार्वजनिक भएको हो ।
‘छ्योर्तेन राम्रो…’ गीतमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ । शब्द सङ्कलन अन्जय तामाङको रहेकाे छ । मोडल गौतम गोलेको यो दोस्रो साङ्गीतिक कोसेली हो । उनले पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ ल्याएको थियो ।
भिडियो सार्वजनिकपछि मोडल गोलेले सैलुङ अनलाइनसँग कुरा गर्दै म्युजिक भिडियोबाट कमेडी संवाद, मायाप्रीति, दुःख र सुखको कथा दृश्यहरू देख्न पाएको दर्शकको प्रतिक्रिया आइरहेको सुनाए । उनले समयको प्रतिकुल पाबन्दीलाई सामना गर्दै निर्माण गरेको बताए ।
ओखलढुङ्गा- केत्तुके ४ का गौतम गोले इपिएस मार्फत सन् २०१२ मा कोरिया रोजगारीका लागि प्रवेश गरेको थियो । तामाङहरूको बाहुल्यता रहेको केत्तुकेबाट कलाकारिता क्षेत्रमा गौतम गोलेको पहिलो प्रवेश हो । उनी सुनाउँछन्- बाल्यकालदेखि नै गीत सङ्गीतमा रुचि थियाे । कोरियाको बसाइँमा पुरा गर्दै छु । दर्शक, आफन्तलगायतले शुभकामनासँगै कलकारिता क्षेत्रमा कलालाई अझै निखारिएर लैजाँदै निरन्तरता रहोस् भन्ने खालको सुझावहरू आइरहेको उनले बताए ।
भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्रस्ताव गर्दा उनीले अस्वीकार गरेपछि च्याङ्बा (गौतम गोले) निराशपनको अवस्थामा देख्न सकिन्छ । यति मात्रै होइन, भिडियो कथामा सच्चा मायाले प्रस्ताव गरेको थाहा भएपछि मैच्याङले स्वीकार गर्छिन् र दुवै जनाले सुख, दुःखसँगै बिताउने प्रण गर्छन् ।
‘छ्योर्तेन राम्रो…’ भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन दिपक थापाले गरेको छ । छायाङ्कनमा निमा तामाङ र अमिर योन्जनले साथ दिएका छन् । भिडियोको कथा लेखन सेलो म्युजिक भिडियो क्षेत्रका निर्देशक प्रतीक ङ्यासुरले गरेको छ ।
भिडियोमा सूर्य लामा, करप रुम्बा, अमिर योन्जन, बिनु मोक्तान र पूजा श्रेष्ठलगायतको सहयोगी भूमिकामा अभिनय देख्न सकिन्छ । स्टिल मुभी फोटोग्राफरमा सन्तोष जिसी रहेको छ । भिडियो निर्माणको व्यवस्थापनमा गायक ज्ञान लामाले गरेको थियो ।
दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेका छन् ।