जनवादी क्रान्तिको निर्धारित लक्ष्य भनेको जनतासँग जोडिने राज्यका तमाम क्षेत्रहरूमा हिजोका सामन्ती वर्ग, दलाल नोकर शाहीवर्ग र बाह्य साम्राज्यवादी शक्तिको पक्षपोषणले जीवित जनताको रगत चुस्ने जुम्राहरुलाई धुलो पिठो पार्दै राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रहरूमा सर्वहारा–श्नमजीवी वर्गहरुको प्रभुत्व रहने हो । यसको निम्ति ती शोषक सामन्तवर्गको विरुद्ध लड्न क्रान्तिको मोर्चा समाल्ने सर्वहारा–श्नमजीवीवर्ग हुन भने नेतृत्व मार्क्सवाद-लेनिनवादको वैचारिक बहसमा खरोसँग उत्रने कम्युनिस्ट पार्टी हुन् । के नेपालको सन्दर्भमा त्यो भएको पाइन्छ त रु जवाफ पाइन्छ । क्रान्तिकारी परिवर्तनको निम्ति बलिदानीमा हिजोदेखी सर्वहारा–श्नमजीवी वर्गहरु अग्रणी मोर्चामा छन् भने त्यसको नेतृत्व त्यही पुरानो सत्ताका नयाँ अवतार भनिनेहरुले गर्दै आएका छन् । मुक्ति कामी जनताको भुल भुलैया यसैमा छ । त्यो कसरी पनि हो भने मार्क्सवादको सैद्धान्तिक पक्षलाई मात्र घोकेर व्यवहारिक पक्षमा त्यही वर्गको घाँटी रेट्ने काम हुँदै आएको छ । जनवादी क्रान्तिको थप विशेषता सहित नेपालको विशिष्ट परिस्थितिमा जन्मेको जनताको बहुदलीय जनवादलाई अहिलेको नेतृत्वले राजनीतिक मागी खाने भाँडोको रूपमा प्रस्तुत गरे ।
जबज नेतृत्व होइन, यो त जनवादी क्रान्तिको नेपाली मौलिक विशेषता हो । सामन्तवाद र साम्राज्यवादका प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठले मदन भण्डारीको जनवादी क्रान्ति सपना पुरा हुँदैन्
सङ्गठनहरू लेनिनवादी पद्धतिको जनवादी केन्द्रियताको आधारमा अनुसार चल्नु पर्नेमा जनवादी र केन्द्रियताबीचको नापतौलमा सन्तुलन गुमाउँदै केन्द्रीयता हाबी हुँदा निरङ्कुश तानासाहहरू जन्मिने खतरा पैदा हुँदै छ । यसले पार्टीको आगामी लक्ष्यप्रति दिशानिर्देश गर्न सक्दैनन् । सङ्गठनभित्र देखिने पदीय जिम्मेवारी उरउनीको वैचारिक क्षमताको आधारमा हुनुपर्नेमा चाकडी क्षमताको आधारमा देखिँदै आएको छ । यसले पार्टी आन्तरिक सुदृढीकरणमा तगारो देखाउँछ । तर, पनि यहाँ जयजयकारको स्थिति बुलन्द तरिकाले त्यही खेमाबाट नआएको भने होइन । यसको सार्थकता पनि उही हो जुन हिजोको प्रतिगामी शक्तिले जनतालाई झुक्क्याउने खेलले गर्दै आएका थिए । त्यसैले, दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको विरुद्ध लडेर पार्टीको तत्कालीन कार्यभार जनवादी क्रान्तिलाई पूर्णता दिने हो भने नेकपा एमालेभित्र केन्द्रीय नेतृत्व फेर्नुको विकल्प रहदैँन् ।
हामीलाई व्यवहारिक कार्यशैलीको आवश्यकता छ नकि जयजयकारको ११ हामी सर्वहारा–श्नमजीवीवर्गको पक्षमा पैरवी गर्ने वंशका मार्क्सवादीहरू हुँदा यसमा सम्झौताको एक अक्षर पनि उद्घोष हुनु हुँदैनन् । वस्तुगत स्थिति जनवादी क्रान्तिको निम्ति तयार हुँदा नेतृत्वको मनोगत स्थिति भने सम्झौता परस्त देख्नु जनवादी क्रान्तिको प्रारम्भिक चरणमै घातको श्नृंखला सही होइन । यसले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली जनवादी क्रान्तिको ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्मप्रति सामन्तवाद-साम्राज्यवादको टोपी लगाउनु हो । जनवादी क्रान्तिको आफ्नै नियम हुन्छ । यसलाई कसैले आफू अनुकूल व्याख्या र विश्लेषण गर्नु लक्ष्यप्रति घात प्रतिघात हुँदै अन्तत: विसर्जनवादको गन्तव्यमा पुर्याउनु हो । स्मरण रहोस् जनताको बहुदलीय जनवादको उत्पत्ति नै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै सामन्तवाद-साम्राज्यवादको पाउमा देखिएको समर्पणवाद र विसर्जनवाद विरुद्ध सुरु भएको हो । साङ्गठनिक अराजकता र अवसरवादको निम्ति हदैसम्म जबजलाई संशोधन गर्नु कुनै पनि कोणबाट सही छैन । जबज नेतृत्व होइन, यो त जनवादी क्रान्तिको नेपाली मौलिक विशेषता हो ।
सामन्तवाद र साम्राज्यवादका प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठले मदन भण्डारीको जनवादी क्रान्ति सपना पुरा हुँदैनन् । समाजको उपरि संरचना मात्र उखेलेर आधार संरचना आर्थिकलाई त्यही हिजोका शोषकवर्गहरुलाई सुमसुम्याउने हो भने जबजको मार्ग निर्देशमा कसरी समाजवादको आधार निर्माण गर्न सकिन्छ रु जबसम्म समाजको प्रत्येक निर्णायक तहहरूमा सर्वहारा-श्नमजीवीवर्गहरुको अधीनस्थ हुँदैन भने त्यो वास्तवमा जन-परिवर्तन नै होइन । यहाँ सामन्ती वर्ग, दलाल नोकरशाहीवर्ग र साम्राज्यवादका प्रतिक्रियावादी शक्तिहरूको रूप परिवर्तन भएको छ तर मूल सारमा जनता शोषित अवस्थाबाट स्वतन्त्र भएकै छैन । त्यसैले, वर्गसंघर्षलाई जनवादी क्रान्तिको माध्यमबाट सर्वहारा-श्नमजीवीवर्ग अधिनायकत्व राज्यसत्तामा नपुर्याउन्जेल वैज्ञानिक समाजवाद एक खोक्रो आदर्श मात्र हुनेछ । त्यसको निम्ति भन्दै सङ्गठनहरू निर्माण गर्नु उपदेयता बाहेक समाजवाद गन्तव्य शून्य हो ।