छोड्यौ आखिर मेरो जीवनमा
नोक्सानी बनाएर
राज गरेका थियौ मेरो दिलमा
राजधानी बनाएर
जीवन सुम्फिएको थिए भगवान्
ठानी मैले
राम्रो अभिनय गर्यौ
मलाई कहाँनी बनाएर
असल ठानी सपनाको जिम्मा
दिए जसलाई
ठुलै खेल रचेछ रहरहरुलाई
लगानी बनाएर
तिमीलाई त सजिलो भयो
भरोसा तोड्न पनि
राख्न मन थियो दाहिने हात
सिरानी बनाएर
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1