जनता ममाथि भरोसा र विश्वास गर्छन् : वडाध्यक्ष वाइबा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
434 Shares
धुन्चे, रसुवा

२०७४ सालको स्थानीय निर्वाचनबाट पहिलो पटक नेकपा एमालेबाट गोसाईंकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेबाट निर्वाचित भएका दावासिदार वाइबा जनताको काममा दत्तचित्त भएका लागिपरेका छन् । जनताले चाहेका विकास निर्माणमा एकत्र भएर लागिरहेका वाइबालाई स्थानीय जनताले २०७९ को निर्वाचन पुनः वडाध्यक्षमा निर्वाचित गराए । जनताको गुनासो, विकास, समृद्धका आधारहरू काँधमा बोकेर जनताको घरदैलोमा पुग्नु उनको दैनिकी जस्तै बनेको छ । जनताको सेवामा निवृत्त भएर लागि रहेका  उनीसँग हाम्रो सम्वाददाता सरस्वती न्यौपानेले गरेको कुराकानी

तपाईँ स्थानीय तह २०७४ र २०७९ मा दुई कार्यकाल नै वडा अध्यक्ष जित्नुभयो ? यो दुई कार्यकालमा वडामा के कस्ता प्रगतिहरू भएका छन् ?

चुनावी अभियानको क्रममा र घोषणापत्रमा जे गर्छु भनेर भनेको थिए । ती कामहरू क्रमशः द्रुत गतिमा भएको छ र भइरहेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि,पशुपालन र पूर्वाधारलाई जोड कार्य योजना अगाडि बढिरहेका छन् । मैले यो गरी त्यो गरी भन्दा पनि वडावासीहरूले नै मूल्याङ्कन गर्नुभएको छ । बाँकी कामहरू पूरा हुने अवस्थामा छन् ।

तपाईँलाई राजनीतिमा आउन कसले प्रेरित गर्नुभयो ?

२०४६ सालको जन आन्दोलन पश्चात् देशमा बहुदल स्थापना भयो । त्यसपछि मेरो राजनीति यात्रा सुरु भयो । विद्यार्थी जीवनकालबाट अनेरास्ववियुको रसुवा माविको प्रारम्भिक कमिटीमा उपाध्यक्ष भएँ । त्यसपछि दोस्रो जिल्ला सम्मेलनबाट सचिव,जिल्ला कार्य समिति, र  पालिका कमिटीमा रहेर काम गर्ने अवसर पाएँ । २०७४ स्थानीय तहमा वडा नं. ६ बाट वडाध्यक्षमा उम्मेदवारी दिनलाई पार्टीले टिकट दिएँ । त्यसपछि जनताले मन पराएर चुनेर पठाए । यहाँसम्म जनताको सेवामा समर्पित हुनका लागि श्रेय स्वर्गीय भिमलाल हिराचनको ठुलो योगदान रहेको छ ।

तपाईँ वडा अध्यक्ष नहुनु भएको भए के हुन्थे जस्तो लाग्छ ?

म एक असल अभिभावक वा समाजसेवी भएर चिनिन्थे ।

वडामा सेवाग्राहीहरूको लागि कतिको सहज वातावरण बनाउनुभएको छ ? आवश्यकता हेरेर चाप नै हुन्छ ।आशा भरोसा लिएर विकास निर्माणका कामहरू लिएर आउँछन् । उनीहरूको काममा एक रति पनि ढिलाइ हुँदैन । जुन कामको विषयलाई लिएर आउनुहुन्छ, त्यही कामलाई सहजीकरण छिटो छरितो ढङ्गले गरेर पठाउने गरेको छुँ ।

वडा अध्यक्ष भइसकेपछि र पहिला  साधारण जीवनमा के फरक पाउनु भयो ?

वडाको जनप्रतिनिधि भइसकेपछि जनताको सेवा गर्ने मौका पाएको छु । जनताको घर दैलोमा पुगेर सुझाव सल्लाह लिएर समृद्ध धुन्चे बनाउन अग्रसर भएको छु । साधारण जीवन हुँदा पनि विभिन्न विषयमा आवाज उठाइरहन्थ्यो । कति काम कानुनी रूपमा कति त व्यावहारिक हिसाबले हेरेर काम गर्नुपर्ने रहेछ ।

तपाईँको कामप्रति वडावासीहरू सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट भएर नै मलाई दोस्रो कार्यकालमा पनि जिताए । यो मेरो दृढता र मेरो जनताप्रतिको माया र काम देखेर मलाई पुनः निर्वाचित गराएको हो । त्यसमा सम्पूर्ण जनतालाई धन्यवाद  दिनुपर्छ । दोस्रो कार्यकालको तेस्रो वर्षमा हिँडिरहेको छु । मैले गरेको काममा सय प्रतिशत सन्तुष्ट हुन्छन् भन्न त  सकिँदैन तर पनि धेरै कामहरूमा खुसी छन् । त्यसले मलाई काम गर्न हौसला मिलेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका