बेत्रावती-रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमीटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ ।
सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणका लागि सम्झौता भएको बेत्रावती-रसुवागढी सुरुङको दुरी २४ किलोमीटर हुने छ ।
नेपाल-चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1