मारुती सुजुकीले केही दिनअघि भारतमा सार्वजनिक गरेको सुजुकीको नयाँ मोडल कार एस-प्रेसो नेपालमा अबको केही दिनमै सार्वजनिक हुने भएको छ ।
नेपालको लागि सुजुकीको आधिकारिक वितरक सिजी अटोमोवाइलले नाडा अटो शोबाटै बुकिङ सुरु गरेको सुजुकी एस-प्रेसो नेपाली बजारमा पनि प्रतिक्षित कार हो ।
भारतमा विभिन्न ४ भेरियण्टमा सार्वजनिक भएको एस-प्रेसोको कुन कुन मोडल नेपालमा सार्वजनिक हुने छ भन्ने विषयमा कम्पनीले अहिलेसम्म केही जानकारी दिएको छैन ।
माइक्रो एसयूभीको थिममा निर्माण भएको एस-प्रेसोमा भिटारा ब्रेजामा समेटिएको जस्तै विशेषता दिइएको छ । नेपालमा सार्वजनिक हुनुअघि थाहापाउनुस् एस-प्रेसोका केही विशेषता ।
डायमेन्सन
एस-प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्याङ्की लगाइएको यस मोडलमा १४ इञ्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ ।
इञ्जिन
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिण्डर के सिरिज पेट्रोल इञ्जिन दिइएको छ । जसले ८२ बिएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । यसको इञ्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।
विशेषता
एस प्रेसोमा एएर कण्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग, फ्रण्ट पावर विण्डो, किलेस इण्ट्री, सेण्ट्रल लकिङ्ग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेण्टिमीटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इम्फोटेण्टमेण्ट सिस्टम, स्टेयरिङ्ग माउण्टेड कण्ट्रोल्स, बडी कलर ओरभिएमएस लगायतका विविध विशेषता दिइएको छ ।
कारमा एबिएस, इबीडी, ड्राइभर साइड एएर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को-ड्राइभर सिटबेल्ट रिमाइण्डरको विशेषता प्रदान गरिएको छ ।
माइलेज
एस-प्रेसोले प्रतिलिटर २३.९५ किलोमीटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ ।
मूल्य
नेपाली बजारमा एस-प्रेसोको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बुकिङ गर्न चाहने ग्राहकले ५ हजार रुपैयाँ तिरेर बुकिङ्ग गर्न सक्ने छन् ।