बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन् ।
मङ्गलवार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एमाले र काँग्रेसका ६४ संसद्को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
कांग्रेसले मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय पाएको कांग्रेस बागमतीका सचेतक गोविन्द प्रसाद लम्सालले बताए ।
यसैगरी एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार पदबाट राजीनामा दिएका थिए । जम्कट्टेलको राजीनामालाई स्वीकृत प्रदान गरेसँगै प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार नै साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।