सिरियामा संकट गहिरिएसँगै टर्कीलाई रुसको निम्तो

सैलुङअनलाइन संवाददाता
0 Shares
रूस

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पुटिनले एर्डोगानलाई जतिसक्दो छिटो रुस भ्रमण गर्न आमन्त्रण गरेको छ । पुटिनका कार्यालयद्वारा मंगलबार अबेर जारी वक्तव्यमा टर्कीका राष्ट्रपति एर्डोगानले रुसको निमन्त्रणलाई स्वीकार गरेको उल्लेख छ ।

दुई नेताबीच टर्की र सिरियाली सेनाबीच कुनै किसिमको भिडन्त नहोस् भन्नेमा छलफल भएका थिए । रुसी राष्ट्रपति कार्यालयका अनुसार टर्कीका तर्फबाट टेलिफोन सम्पर्क भएका थिए ।

टेलिफोन संवादमा रुसी राष्ट्रपतिले टर्कीको आक्रामक कारबाहीका कारण सिरियाली कुर्द इलाकामा बन्दी बनाइएका आतंककारीहरु अन्यत्र भाग्न सक्नेतर्फ चासो व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका