म्हेन्दोमाया म्युजिक अवार्ड सम्पन्न, स्याउलीले पाए एकै दिन दुई अवार्ड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
काठमाडौं

म्हेन्दोमाया म्युजिक अवार्ड २०८१ हालै सम्पन्न भएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले म्युजिक अवार्ड प्रदान गरेका हुन् ।

अवार्डमा नयाँ विधा तर्फ गीतकारमा अशोक लोप्चन तामाङ, सङ्गीतकारमा विश्वपासा तामाङ, गायिकामा चाँदनी पाख्रिन, गायकमा जसबहादुर तामाङ, मोडलमा सलिन तामाङ, मोडलमा ननीत तामाङ, निर्देशकमा रेसमकुमार स्याउलीलाई प्रदान गरेका हुन् ।

यसै गरी पुरानो विधातर्फ गीतकारमा शैलव वाइबा, सङ्गीतकारमा अर्जुन थोकर, गायक शैलव वाइबा, गायिका सीता लामा, मोडल एरेन तामाङ, मोडल रितु तामाङ, बेस्ट भिडियो शर्मिला तामाङ, म्हेन्दोमाया फिलिङ्ससँग विश्वपासा तामाङ, जुरे कीर्ति तामाङ, ब्लिक च्वाइस उमा तामाङ, प्रेमा तामाङ र जुरे नायक करिसा तामाङले अवार्ड पाएका हुन् ।

कार्यक्रमलाई बुर्लुम्हेन्दो डिजिटल प्रालिद्वारा आयोजना गरिएको अवार्ड कार्यक्रममा स्याउलीले अवार्ड पाएका हुन् । उनले करिब दुई दशक अगाडिदेखि तामाङ तथा नेपाली सङ्गीतमा योगदान प्रदान गर्दै आएको हो । गत साता राष्ट्रिय नाचघर र चलचित्र विकास बोर्डमा सम्पन्न फरक दुई अवार्ड विजेता रहँदा उनका जीवनमा अहिलेसम्मकै इतिहास भएको बताएका छन् ।

उनले एकै दिन तेस्रो काव्य म्युजिक अवार्ड २०८१ र म्हेन्दोमाया म्युजिक अवार्ड पाएका हुन् । यस्तै देउडा गीतबाट गोरबहादुर कार्कीले अवार्ड प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका