निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा बुधबार प्रतितोलामा रु १०० कम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७००मा खरीद बिक्री भएका थिए । सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएका थिए ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ ।बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४००मा कारोबार भएक थिए ।
यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५०मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1