सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ ।
बुधबार दिउँसो काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरेका थिए ।
चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको थियो । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति दिएको थियो ।
मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले समारोहलाई सम्बोधन गरेका छन् । चियापनमा विपक्ष दल नेपाली काँग्रेसका शेरबहादुर देउबालगायत अन्य नेताहरू समेत सहभागी थियो ।