क्रोएसियाको स्याहार केन्द्रमा गोली चल्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
238 Shares
क्रोएसिया

क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए ।

बीबीसीका अनुसार यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । घटनामा केही घाइते भएका छन् । ४ जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको बीबीसीले लेखेको छ ।

गोली चलाउने सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् ।

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भएको भन्दै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । राष्ट्रपति मिलानोभिकले बन्दुक राख्न पाउने नियमलाई अझै कठोर बनाउन आह्वान पनि गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका