रसुवागढी नाकाबाट १ अर्ब ५७ करोड राजश्व सङ्कलन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
63 Shares
धुन्चे, रसुवा

रसुवागढी नाकाबाट १ वर्षमा ७ हजार ३ सय ७७ चिनियाँ सवारी साधन आयात भएको छ । उक्त सवारी साधनबाट १ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ मूल्य बराबरको राजश्व सङ्कलन भएका छन् ।

बस, कार, ट्रक, टाईसाईकल, भ्यानबाट राजश्व सङ्कलन भएका हुन् । ३ सय ४५ इन्धनबाट चल्ने र ७ हजार ३२ वटा भने विद्युतीय सवारी साधन आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । २०७०/८० मा १ हजार ७ सय मात्रै सवारीसाधन आयात भएका थिए र २०८०/८१ को भन्सार सुल्क,जरिवाना,भ्याट गरी रू २० अर्ब ३६ करोड ७ लाख ८२ हजार असुल गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए ।

प्रमुख भन्सार अधिकृत पाठकका अनुसार गत वर्ष व्यापारीहरूले कम परिणाम देखाए बापत उनीहरूबाट ६१ करोड ६० लाख जरिवाना गरिएको थियो ।

यसै गरी नेपालबाट चीनतर्फ निर्यात भएका १ अर्ब ६ करोड १८ लाख बरावरको तामाको भाँडाकुँडा, गलैँचा, चाउचाउ, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछौरा, सल दोसल्ला, नुडल्स, बुक, व्यान्डिङका कपडा, तयारी कपडा रहेका छन् ।

चिन तर्फबाट आयात गरिएका समानहरूमा तयारी कपडा, विद्युतीय सवारीसाधन‚ इन्धन, जुत्ता चपल, तयारी कपडा, रबर, जुत्ता तयार गर्ने सामाग्री, हाते भोला, होजियारि कपडा, ओखर, लसुन, स्याउ बापत रसुवा भन्सारमा ६५ अर्ब २२ करोड ६३ लाख बराबरको राजश्व दाखिला भएको छ ।

आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीहरूलाई कानुनी कार्वाहि गरिने प्रमुख भन्सार अधिकृत पाठकले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका