माध्यमिक शिक्षा परीक्षा कक्षा १० को एसइई २०८० को पूरक ग्रेडवृद्वि परीक्षा साउन २३ बाट हुने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रसुवाको अनुसार २०८१ साउन २३ बाट ३१ गतेसम्म सम्बन्धित विषय लागेकाहरूले सम्बन्धित परीक्षा केन्द्र तोकिएको विद्यालयबाट दिने भएका छन् । रसुवामा पनि विद्यार्थीलाई पायक पर्ने दुई विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । रसुवा मावि धुन्चे परीक्षा केन्द्र र कालिका हिमालयन मावि कालिकास्थान रहेका छन् ।
रसुवा मावि धुन्चे परीक्षा केन्द्रमा पार्वतीकुण्ड मावि, नेपाल राष्ट्रिय मावि, हाकु मावि, रसुवा मावि, कोमिन स्यामेवाङफेल मावि, हाईल्याण्ड आवासीय मावि, सेतीदेवी मावि गरी जम्मा १ सय १० जना विद्यार्थीहरू रहेका छन् ।
यस्तै कालिका हिमालयन मावि कालिकास्थान केन्द्रमा निर्कुभुमे मावि, बागेश्वरी मावि, गौतमवुद्व मावि प्राविधिक विषय, डाँडागाऊ मावि, भूमेदेवी मावि, नीलकण्ठ मावि, नवविजय महेन्द्र मावि, मार्डन ट्रिनिटि ईङलिस बोर्डिङ स्कुल, कालिका हिमालयन मावि खुल्ला, कालिका हिमालयन मावि, सुन्धारा मावि, सेतीदेवी मावि, नर्थ पोल बोर्डिङ स्कुल, नीलकण्ठ नमुना मावि वोगटिटार गरी २५६ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।