रसुवा जिल्ला आलुको लागि प्रख्यात गाउँ

112 Shares
रसुवा

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गत्लाङ गाउँमा यस वर्ष ५२ लाख ५० हजार वरावरको आलु फलेको छ । यस् गाउँपालिकाको उपप्रमुख चण्डिका तामाङ बताउछिन् विशुद्ध तामाङ वस्ति रहेको गत्लाङगाउँ मा ५ सय घरधुरी रहेको छ ।प्राय सवै मानिसहरू कृषि पेशामा नै आवद्ध रहेका छन् । आलुखेतिलाई मुख्य आम्दानी को श्रोत मा लिन्छन बर्षेनि ६० देखि ७० लाख सम्म को आलु फलेको हुन्थे यस पटक समयमा पानी नपरेका कारण आलु उत्पादन मा कमि आएको हो ।

यहाँ का कृषकहरूले यसपटक ७० टिप एक वोराको १५०० को दरले होलसेलमा बिक्री गरेका छन ।एक टिपमा १०० किलो हुन्छ ।आलु किन्न आईचर लिएर गाउँ मा नै आईपुग्छन् । हामी छानेर छानेर लान्छौ भन्नेहरूलाइ १६०० सय वोरामा बेच्ने र सालाखाला सवै मिलाएर लान्छु भन्नेलाई १५०० सयमा नै दिने गरेको र फाट्टफुट्ट पाथिले किन्ने हरूलाइ पाथिको १ सय २० मा दिने गरेको उपप्रमुख तामाङ बताउछिन् ।

स्थानिय अविनाश तामाङ बताउछन् आलु ले बजार लिने भनेको रसुवा,नुवाकोट,धादिङ र काठमाडौ रहेको छ ।अर्गानिक आलु संगै सिमि,काउली,बन्दा रहेको छ । काठमाडौ बाट एक दिनमा पुग्न सकिने गत्लाङ भुकम्प पछि फेरिएको छ । २०७२ को भुकम्प अधि सम्म कालो गाउँ भनेर परिचित थियो पर्यटन को पन आगमन हुन्थ्यो अहिले गाउँ नै रङगिन बनेपछि पर्यटन खासै आउदैनन् तर कृषि र पशुपालनमा यहांका मानिस अग्रसर छन ।

तामाङ भन्छिन् आफू जन्मेको गाउँ कालो गाउँ ले परिचित थियो अहिले रङगिनचङगिन भएको छ आफू उपप्रमख हुदा गाउँपालिकाको सोच रङगिन जस्ता लाई कालो रङ्ग लगाउने होकि र अन्य उपाय बारे पनि ध्यान गएको हो ।गाउँ को अस्तित्व हराउन लागेको मा आफू पनि दुखि भएको छु ।आफ्नो तर्फबाट पनि पहल गरिएको छु ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका