नेपाल आदिवासी जनजाति महासंघ कतारको तदर्थ समिति गठन भएको छ । महासंघ कतारको तदर्थ समिति इन्द्र तामाङको संयोजकत्वमा गठन भएको हो ।
कतारको दोहस्थित जुलाई २९ तारीख विभिन्न संघसंस्थाको एक भेलाले ७ सदस्सीय तदर्थ समिति गठन गरेको संयोजक तामाङले जानकारी दिए । संयोजक तामाङका अनुसार सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू क्रमशः सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी थेगुवा लिम्बू र गजेन्द्र राई रहेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका संघीय समितिसँगको निरन्तर संवादपछि कतारस्थित तदर्थ समिति गठन गरेको संयोजक तामाङको भनाइ छ । उनका अनुसार अगस्ट अन्तिम सम्ममा अधिवेशन टुंग्याउने गरि तदर्थ समितिले कार्य गरिरहेका छन् ।
पुरानो समितिले संघीय विधानको अवज्ञा गरेका कारण समानान्तर समितिको आवश्यकता परेको तदर्थ समितिका संयोजक तामाङले जनाए । उनका अनुसार पुराना समितिले केन्द्रीय परिपत्रका इन्कारका साथै कतारमा रहेका आदिवासी जनजाति निकट संघसंस्थालाई समेत महासंघमा आबद्ध गराउन नसकेका हुन् ।
कतारमा नेपाल आदिवासी जनजाति महासंघको शाखा सन् २००५ मा स्थापना भएको हो । महासंघले विभिन्न कार्यक्रमहरुका साथ आर्थिक, शैक्षिक सहयोग गर्दै आइरहेका छन् ।