विशुद्ध तामाङ मौलिकतालाई राजधानीको मुटुमा पहिलो पल्ट झल्काउने मुख्य उद्देश्य सहित खान्दोके सेलो विथ ब्याण्डू को तयारी अन्तिम चरणमा पुगेको छ। दरबारमार्ग स्थित किङ्स लाउन्जमा यहि श्रावण १९ गते शनिबार दिउँसो ठिक १ बजेबाट हुने उक्त कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन सम्पुर्ण व्यवस्थापन भैसकेको आयोजक तिप्लिङ मिडिया हाउसले जनाएको छ।
कार्यक्रममा लोकप्रिय गायक आस्मान लोप्चनको चर्चित खान्दोके गितहरुको लाइभ ब्याण्डमा प्रस्तुति हुनेछन्। खान्दोके सेलोमा लामो समयदेखि निरन्तर योगदान दिँदै आएका लोप्चनको स्वरमा कार्यक्रम खान्दोकेमय हुनेछन्।
यसै सन्दर्भमा खान्दोके सेलो विथ ब्याण्डू कार्यक्रमको फस्ट लुक्स सार्वजनिक भएको छ। तामाङ मौलिक भाकाको रुपमा परिचीत खान्दोके सेलोको संरक्षण एवं प्रवर्द्धनका लागि तिप्लिङ मिडिया हाउसले उक्त कार्यक्रम गर्न गइरहेको छ।
विशेषता सिन्धुपाल्चोकको अधिकांश तामाङ गाउँहरुमा गाइने आफ्नै मौलिक भाकाको रुपमा परिचीत छ खान्दोके सेलो ।आस्साना सार्दो मन परादो” बाट विशेष उठान गरिने सिन्धुपाल्चोकको भेगिय मौलिक भाका भएतापनि यसलाई सुन्ने स्रोता, हेर्ने दर्शकको संख्या दिनानुदिन विश्वभर फैलिदै गइरहेको छ। मौलिकता हाम्रो साझा सम्पति हो, हाम्रो शान हो, हाम्रो पहिचान हो। तसर्थ यसलाई जोगाउनु, पुस्तान्तरण गर्नु र प्रचारप्रसार गर्नु हामी सबैको साझा दायित्व हो भन्ने मुख्य भावना सहित डम्फु, टुंना, तामाङ भाषा र तामाङ भेषभुसा सहित गायक आस्मान लोप्चनको खान्दोके सेलो विथ ब्याण्डू हुन गइरहेको आयोजक टिमले जानकारी दिएको छ।
कार्यक्रमको संयोजक क्रान्ति योञ्जन हुन् भनें उद्घघोषक प्रीतम तामाङले गर्नेछन्। व्यवस्थापन टिमले यो एउटा मौलिकतालाई माया गर्नेहरुको साझा अभियान ठानेका छन्। यसकारण यो प्रयासलाई हातेमालो गर्दै अघि बढ्न नैतिक, भौतिक र आर्थिक रुपमा समेत महत्वपुर्ण योगदान पुर्याउनेमा आशा अनि विश्वास आयोजकले राखेका छन्।
हाल सम्म यस कार्यक्रमलाई मेलम्ची नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका र लिसाङ्खुपाखार गाउँपालिकाले प्रायोजन गर्ने भएको छ। साथै द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन , एक्सप्रेस डिजाईन एण्ड प्रिन्टिङ, तामाङ सोसाईटि अफ युके, फुर्लिमा फाउण्डेसन, रेवाङ लजिस्टिक, सिन्धुपाल्चोक तामाङ समाज युएई, मोर बर्गर एण्ड ब्रन्च स्टेसन (बौद्ध), लाबा ग्रुप साउथ कोरिया, नेछ्याङ, केल्मि राधे राधे ब्रान्च भक्तपुर, होटल विशाल एण्ड लज (चौतारा), एस।आर।बि बिल्डर्स प्रा।लि, प्रसिन निर्माण सेवा, नुमुज ब्युटि एण्ड स्किन केयर, भरोसा अटोमोवाईल (लोकन्थलि भक्तपुर), सुप्रिन्स कोल्ड स्टोर (घलातेचोक भक्तपुर), बिश्व फिम्स् प्रा।लि, श्री ग्रिनलाईन बहुउदेश्य सहकारि संस्था लिमिटेड (सिन्धुपाल्चोक खाडिचौरं) ले सहयोग गरेको छ।
मिडिया पार्टनर तिप्लिङ न्यूज, सैलुङ अनलाईन, जन्मभुमि पोष्ट, खुल्ला पत्र, नमोबुद्ध न्यूज, टुङना मिडिया, लाबा मिडिया, नेपाल ज्ञान, ओपेरा डिजिटल, एनएस खबर, ड्रिम्स् डायरि इन्टरटेन्मेन्ट लगायतले गरेको छ।
यस्तो छ कार्यक्रमको उद्देश्य
तामाङ समुदायमा लोप हुन लागेका मौलिक कला संस्कृतिलाई तामाङ मौलिक खान्दोके सेलो संगीत मार्फत आफ्नो ऐतिहासिकता भएको संस्कृतिको गाथा प्रस्ट्याउने र यसको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन गर्दै सांसर भरि प्रचार प्रसार गर्ने ।
बाह्य एवं पश्चिमी संस्कृतिको प्रभाव लाई निरुत्साहित गर्दै संस्कृतिक बिचलनलाई न्यूनीकरण गर्ने र मौलिक खान्दोके सेलोमा आकर्षण बढाउने । हामी ऐतिहासिक कला संस्कृतिमा विश्वकै धनी देश हो । त्यसैले हाम्रो आफ्नो मौलिक संस्कृतिक इतिहासको महत्व दर्शाउँदै बिशेष गरि हाम्रो नयाँ पुस्तालाई मौलिक संस्कृतिमा आकर्षण, उत्प्रेरित एवं पुस्तान्तरण गर्दै जाने । हाम्रो ऐतिहासिक कला र संस्कृतिको धरोहरलाई अझ उच्च पार्दै लैजाने ।