धुर्मुस-सुन्तली साँझको तयारी पुरा, कलाकारहरु शुक्रबारै क्रोएसियामा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
546 Shares
जाग्रेब, क्रोएसिया

क्रोएसियामा हुने धुर्मुस-सुन्तली साँझको तयारी पूरा भएको छ । शनिबार हुने धुर्मुस-सुन्तली साँझको तयारी पूरा भएको जानकारी आयोजकले दिए ।

आयोजक मण्डला इभेनटस् र बुद्ध मार्टका अनुसार सबै कलाकारहरु शुक्रबारै क्रोएसिया आइपुगिसकेका छन् । शुक्रबारनै क्रोएसिया आइपुगेका कलाकारहरु धुर्मुस, सुन्तली र तुल्सी शिवाकोटीले क्रोएसियामा रहेका नेपालीहरुद्वारा संचालित रेस्टुरेन्ट, होस्टेल, पसलहरुमा पुगेको आयोजकले बताए । आयोजकका अनुसार कलाकारहरुले क्रोएसियाका व्यवसायीहरुलाई बधाई तथा शुभकामनासमेत दिए ।

साँझमा सिताराम कँडेल(धुर्मुस), कुन्जना घिमिरे(सुन्तली), गायक तुल्सी सिवाकोटी र स्थानीय बुद्ध ब्याण्ड, गायिका दिपा तामाङ, गायक आर्यन घर्ती मगर लगायत अन्यले आआफ्ना प्रस्तुति दिनेछन् ।क्रोएसियाको राजधानी जाग्रेबस्थित हुने धुर्मुस-सुन्तली साँझ बेलुका ४ बजेदेखि १० बजेसम्म हुने आयोजकले बताए । आयोजकका अनुसार कार्यक्रमले क्रोएसियामा रहेका नेपालीहरुलाई मनोरञ्जनका साथै आफ्नै देशमा भएको महसुस गराउनेछन् ।

मण्डलाले यसअघि नेपाली चलचित्र, नेपालबाट गायक राजु लामा, गायिका प्रीति आले मगर लगायत ल्याएर सांगीतिक कार्यक्रमहरु आयोजना गरिसकेका छन् । त्यस्तै बुद्ध मार्टले यहाँ भएका फूटबल, भलिबल लगायतमा सहभागी जनाई कपसमेत जितिसकेको छ ।

कार्यक्रमका सह-आयोजकहरु क्रमशः काठमाडौं लाइभ, लाभिस युनिसेक्स सैलुन, सभोर्ज, नेपाली थकाली हाउस, योन्जन ट्राभल्स र हिमालयन करी लगायत रहेका छन् । त्यस्तै कार्यक्रमलाई बृहत बनाउन एनआरएनए, तामाङ समाज, सुदूरपश्चिमेली समाज, मगर समाज, पर्वत सामज, गोर्खाली समाज लगायतले सहयोग गरेका हुन् ।

धुर्मुस-सुन्तली साँझका लागि जाग्रेबमा रहेको एभरेस्ट म:म, बुद्ध मार्ट, लाभिस यूनिसेक्स सैलुन, नेपाली थकाली हाउस, हिमालयन करी र बुद्ध मार्टका शाखा भराजदिनमा टिकट किन्न पाइने आयोजकले जानकारी दिए । आयोजकका अनुसार एक प्रति टिकटको मुल्य १० युरो रहेका छन् ।

थप यो पनि 

क्रोएसियामा धुर्मुस-सुन्तली साँझ हुने

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया